ग्लोबल आइएमई बैंकका कार्डवाहकलाई र्याडिसन होटलमा १५ प्रतिशत छुट
ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई काठमाडौंको र्याडिसन होटलमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।
उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर दिलीप पोखरेल र र्याडिसन होटलका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरूले र्याडिसनमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरूले र्याडिसन होटलमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप तथा ट्रानक्युलिटी स्पाका साथै र्याडिसन होटलले सञ्चालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरूबाट पनि उपलब्ध हुने सेवाहरूमा उल्लेखित छुट पाउनेछन् ।
ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघसंस्थाहरूसँगको समन्वयमा यस्ता किसिमका योजनाहरू ल्याएर प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
प्रतिक्रिया