सचिवहरूसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री
१३ साउन २०८१ १३:०८
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सिंहदरबारमा सुरू भएको छ । चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि अहिलेसम्म भएगरेका कामबारे प्रधानमन्त्रीले सचिवहरूसँग ब्रिफिङ लिइरहेका हुन् ।
बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरू सहभागी छन् ।
प्रतिक्रिया