रास्वपाको कारबाहीविरूद्ध मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन
राष्ट्रिय स्वतन्त्र पार्टीको कारबाहीमा परेर महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त भएका मुकुल ढकालले आफ्नो कारबाहीविरूद्ध निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
आफूमाथि भएको कारबाही अवैधानिक भएको भन्दै ढकालले आयोगमा निवेदन दिएका हुन् ।
ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाएको थियो । उक्त निर्णय वैधानिक नभएको दाबी गर्दै उनले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
पदीय भूमिकाबाट मुक्त गरेको पार्टीले आफूलाई औपचारिक पत्र हालसम्म नदिएको ढकालले निवदेनमा उल्लेख गरेका छन् ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफूमाथिको कारबाही अवैधानिक भएको ढकालले दाबी गरेका छन् ।
पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरवलोकन निवेदन दिन सक्ने निर्णय लिएको छ । कारबाही विधिम्मत नभएकाले आफू पदमा बहाल रहेको ढकालको जिकिर छ ।
प्रतिक्रिया