सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै शुक्रबारको तुलनामा १ हजार रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ थियो । आज आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार ७०० र तेजाबी सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ छ ।

आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य १७ सय ३० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर