एकीकृत समाजवादीको बैठक सोमवार बस्दै, केन्द्रीय सदस्यको टुङ्गो लगाउने
१३ साउन २०८१ ९:४८
नेकपा (एकीकृत समाजवादी)केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमवार १ः०० बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुङ्गो लगाउने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिए ।
पार्टी विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब तीन सय २९ सदस्यीय कार्यसमिति बिस्तार हुनेछ ।
सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने नेता रायमाझीले बताए ।
प्रतिक्रिया