पेरिस ओलम्पिक : पराजित भए प्रिन्स दाहाल

नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ को ब्याडमिन्टनमा आइतबार पराजित भएका छन् ।

फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनले विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सलाई २–० को सोझो सेटमा पराजित गरे ।

कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए । प्रिन्सको समूहमा उनी र भिक्टरसहित ४ खेलाडी छन् ।
प्रिन्सले जुलाइ २९ तारिखमा आयरल्यान्डका हात गुयेन तथा जुलाइ ३१ मा इजरायलका मिसा जिल्बरम्यानसंग खेल्ने छन् । विश्व वरीयतामा हात ४३ औं तथा मिसा ५८ औं स्थानमा छन् ।

नेपालमा भएको १३ औं सागमा २ कांस्य पदक जितेका राष्ट्रिय च्याम्पियन प्रिन्स पूर्व जुनियर विश्व नम्बर वान खेलाडी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर