४० औँ वर्षमा नबिल बैंक, देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ ।

दिगो भविष्यको प्रतिवद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरिएको बैंकले जनाएको हो । शनिबार स्थापनाको ४० औँ वार्षिकोत्सवको अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिवद्धता जनाउँदै देशव्यापी वाकाथन आयोजना गरेको हो ।

बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिवद्धताका लागि वाकाथनमार्फत ऐक्यवद्धता जनाएकोे छ ।

वाकाथन शुभारम्भ गर्दै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण अहिलेसम्म आइपुगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता जनाए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिवद्धतासहित देशव्यापी वाकाथन आयोजना गरिएको बताए । वाकाथन शनिवार दरबारमार्गको तीनधारास्थित केन्द्रिय कार्यालयबाट शुरु भइ कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, शहीद गेट, न्युरोड गेट, वसन्तपुर दरबार स्क्वायर हुँदैफेरि केन्द्रिय कार्यालायमा पुगेर टुंगिएको थियो ।

बैंकका अनुसारनारायणगढ, बिराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगञ्ज,सुर्खेत, धनगढी, हेटौँडा र दाङमा पनि एकैसाथ आज वाकाथन आयोजना गरिएको थियो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *