पर्साबाट १२ किलो चरेससहित भारतीय किशोर पक्राउ

सशस्त्र प्रहरी बलले पर्साको पोखरिया नगरपालिका-१ स्थित बनकटवाबाट १२ किलो चरेससहित एक जना भारतीय किशोरलाई नियन्त्रणमा लिएको छ ।

भारतको पश्चिम चम्पारन विसनपुर मटेरवा बस्ने १८ वर्षीय कुञ्जनकुमार महतोलाई शनिबारसशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस पोखरियाले नियन्त्रणमा लिएको हो ।

बीआर २२ एबी १२९२ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई शंका लागेर जाँच गर्दा उनको साथबाट १२ केजी चरेस, ५ हजार ४ सय २० भारतीय रूपैयाँ, १ थान मोबाइल सेटसहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका महतोलाई बरामद सामान र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *