निर्वाचन आयुक्तमा सिफारिस प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक सोमबार

निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।

बैठक सोमबारका लागि बोलाइएको सुनुवाइ समितिमा कांग्रेसका तर्फबाट सदस्य रहेका श्यामकुमार घिमिरेले जानकारी दिए ।

२ असारमा संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।

त्यसपछि सुनुवाइ समितिले उजुरीकर्तासँग र प्रधानसँग पनि यस विषयमा छलफल गरेको थियो । ९ साउनमा प्रधानसँग छलफल गरेपछि सुनुवाइ समिति बैठक स्थगित भएको थियो ।

यसबीच प्रधानको अनुमोदनका विषयमा प्रमुख दलका सांसदहरूले आफ्नो शीर्ष नेतासँग छलफल गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *