धनुषामा रेल गुडिरहेका बेला लिकमा परेर एक जनाकाे दुवै खुट्टा गुम्याे

जनकपुर-जयनगर रेल्वेको लिकमा पर्दा एक जनाले दुवै खुट्टा गुमाएका छन् । जनकनन्दनी गाउँपालिका-३, महुवाका अन्दाजी ३५ वर्षिय श्रीराम दासले रेल्वे लिकमा परी दुवै खुट्टा गुमाएका हुन् ।

आज बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिँडिरहेको समयमा जयनगरबाट आइरहेको रेलले हर्न दिँदा उनी अल्मलिएर रेलकै लिकमा परेका थिए । लिकमा अल्झेका उनले दुवै खुट्टा गुमाएको रेल्वे विभागका प्रवक्ता प्रहरी नायब उपरीक्षक दयाराम पौडेलले जानकारी दिए ।

दासलाई उपचारका लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *