कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका-१०, दब्ल्याङमा पहिरोले सडकको ट्र्याक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ ।

पटकपटक अवरूद्ध सडक दुई सातापछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक हप्तापछि साउन ८ गते बिहानैबाट सडक अवरूद्ध भएको छ । सडकको ट्र्याक नै बगाएपछि सडक खुल्न नसकेको हो ।

वर्षा रोकिए पनि कालीगण्डकी करिडोर आयोजनाले सडक खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

करिडोर सडक बागलुङ-१० स्थित दब्ल्याङमा सडकको ट्र्याक नै बगेकाले सडक खुल्न समय लाग्ने भएको छ । उक्त पहिरोले बलेवा, कुश्मिसेरा र बरेङ सडकसमेत चार दिनदेखि अवरूद्ध बनाएको छ । पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएपछि यात्रुहरू पैदल हिँडेर आउजाउ गर्न बाध्य भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर