पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः सञ्चालनमा ल्याएको छ । ५ वर्षपछि भारतले लिबियामा राजदूतावास सञ्चालनमा ल्याएको हो ।

लिबियाको राष्ट्रिय एकता सरकारअन्तर्गतको विदेश मन्त्रालयले भारतले राजधानी त्रिपोलीमा राजदूतावास सञ्चालनमा ल्याएको जनाएको हो ।

भारतीय राजदूतावास पुनः सञ्चालनमा आएसँगै यसबाट दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध थप सुदृढ हुने लिबियाली राष्ट्रिय एकता सरकारको विश्वास छ ।

राजदूतावासमा मुख्य सहचारीको जिम्मा डा। मोहम्मद अलीमलाई दिइएको छ । उनी यसअघि भारतीय विदेश मन्त्रालयको पश्चिम एशिया र उत्तर अफ्रिका विभागका उपसचिव रहेका थिए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सुरक्षा अवस्था बिग्रिँदै जाँदा सन् २०१९ अप्रिलमा भारतले लिबियास्थित राजदूतावास बन्द गरेको थियो । त्यसयता ट्युनिशियामा रहेको भारतीय राजदूतावासले लिबिया हेर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर