कर्मचारीलाई कमिसन नदिँदा रोकियो भुक्तानी

गुल्मीमा एक निर्माण व्यवसायीले काम गरेबापत सम्बन्धित कार्यालयका इन्जिनियरलाई कमिसन नदिदा कार्यालयबाट हुने भुक्तानी रोकिएको छ । सडक डिविजन पाल्पामार्फत काम भइरहेको तम्घास–पिपलधारा–खनदह सडक अन्तरतग भाखर्क खण्डमा भएको ग्राभेलिङ्गको काममा इन्जिनियरलाई कमिसन नदिदा कामको भुक्तानी नभएको हो ।

उक्त ठाउँमा डेढ किलोमिटर भन्दा बढी सडक ग्राभेलिङ्ग गर्नको लागि गुल्मीकै सुजता कन्ट्रक्सनले २०८० वैशाखमा काम सक्नेगरी ०७९ पौष ३ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले सडकमा नाली निर्माण, हिमपाइप राख्ने, पक्की जाली राख्ने तथा ग्राभेलिङ्ग गर्ने लगायतको काम पनि गरेको छ ।

अधिकाशं काम सकेपछि कन्ट्रक्सनका एक इन्जिनियरले कम्पनीका साइड इन्चार्जसँग कमिसन मागेका थिए । तर इन्जिनियरलाई कमिसन नदिएका कारण आफुले काम गरेको पनि कम मूल्याकंन गरी सबै रकम नदिएको फर्म संचालक पदम विष्टले आरोप लगाए । ‘साइड इन्चार्जमार्फत कमिसन मागेका थिए, हामीले दिएनौ ।’ विष्टले भने, ‘अहिले भने कार्यालयले बैंकमा रकम जम्मा गरेर ठेक्का तोड्न पत्र पठाएको छ ।’

विष्ट आफुले पटक–पटक कामको ’boutमा समन्वय गर्न खोज्दा कर्मचारी तथा इन्जिनियरहरुले खातामा रकम नभएको प्रतिक्रिया दिएको बताए । उनले कार्यालयकै सुपर भाइजरले भनेअनुसारको काम गरेपनि इन्जिनियरले दुःख दिएको गुनासो गरे ।

कम्पनीले कार्यालयसँग कुल ३७ लाख ७२ हजारमा कामको सम्झौता गरेको थियो । जसमा उक्त रकमको ७६ प्रतिशत अर्थात २८ लाख ६६ हजार सात सय २० रुपैँया मात्रै भुक्तानी भएको छ । फर्म संचालक विष्टले कमिसन नदिएका कारण आवश्यक इस्टिमेट र बिल स्वीकृत नगरेर निर्माण व्यवसायीलाई दुःख दिएको बताए । कार्यालयसँगको सम्झौताअनुसार फर्मले अझै नौ लाख पाँच हजार दुई सय ८० रुपैँया पाउनुपर्ने छ ।

यस सम्बन्धमा सडक डिविजन पाल्पाका इन्जिनियर सागर पोखरेलले सुजता कन्स्ट्रक्सनले तोकिएको समयमा काम नसकेकोले रकम कम भुक्तानी भएको प्रतिक्रिया दिए । ‘काम समयमा सक्नुभएन, अनि कमिसन मागेको बाहाना बनाउनुभयो ।’ पोखरेलले राजधानीसँग भने, ‘हामीले रकम मागेका छैनौ, घुस मागेको प्रमाण भेटिए कारवाही भोग्न तयार छौ ।’

उनले अब उक्त सडकको सन्दर्भमा ठेक्का तोड्ने तयारीमा कार्यालय रहेको पनि जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर