यूएईमा मृत्युदण्ड सजाय सुनाइएका दुई नेपालीले पाए सफाइ

संयुक्त अरब इमिरेट्स (युएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ पाएका छन् ।

पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुङ्गाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाले गएको बुधबार युएईको अदालतबाट सफाइ पाएका हुन् ।

मृतकका परिवारलाई ब्लडमनीबापत् १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधवार युएईको जेलबाट रिहा भएका हुन् ।

श्रेष्ठ बिहीबार स्वदेश फर्केका छन् भने थापाको पासपोर्टको म्याद सकिएका कारण युएईमै छन् । उनी केही दिनभित्र नेपाल आउने उनका आफन्तले बताएका छन् ।

३ जुन २०१९ मा नवलपरासीका बाबुराम आले मगरको हत्या आरोपमा श्रेष्ठ र थापालाई युएईको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।

श्रेष्ठले आफूहरू निर्दोष हुँदा पनि जेल सजाय भोग्नुपरेको बताएका छन् ।

पाँच वर्षदेखि युएईको सारजाह जेलमा रहेका श्रेष्ठ र थापाको उद्धारका लागि नेपालमा अभियान चलाइएको थियो । देश–विदेशबाट संकलित रकम पीडित परिवारलाई बुझाएपछि श्रेष्ठ र थापा जेलमुक्त भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर