कुटपिट गरेर वृद्धको हत्या आरोपमा महिला पक्राउ

जाजरकोटमा कुटपिट गरेर वृद्धको हत्या गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् ।

नलगाड नगरपालिका-३, कटके बस्ने ६५ वर्षीय धनवीर कामीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीया उर्मिला विक पक्राउ परेकी हुन् ।

आपसी झैं-झगडाका क्रममा उर्मिलाले गत शनिबार कुटपिट गर्दा धनवीर गम्भीर घाइते भएका थिए ।

धनवीरलाई नगर अस्पताल दल्ली हुँदै प्रादेशिक अस्पताल कालागाउँ सुर्खेत लगिएकामा उपचारका क्रममा शुक्रबार दिउँसो उनको मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर