कोशी सरकारबाट बाहिरियो माओवादी

नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादीका मन्त्रीहरूले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

मुख्यमन्त्री हिक्मत कार्कीकै आग्रहमा अहिलेसम्म सरकारमा बसेको मुख्यमन्त्रीले प्रदेशमा सहमतिको सरकार नबन्ने भनेपछि मन्त्रीहरूले राजीनामा दिएको माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।

सरकारलाई दिएको समर्थन पनि चाँडै फिर्ता लिइने उनले बताए ।

एमाले संसदीय दलका नेता हिक्मत कार्की नेतृत्वमा गत वैशाख २७ गते सरकार गठन भएको थियो । उक्त सरकारमा माओवादीबाट भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेती, वन वातावरण तथा पर्यटनमन्त्री नारायण मगर, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की र वन वातावरण तथा पर्यटन राज्यमन्त्री बन्दना झाँगर थिए ।

चारै जना मन्त्रीहरूले अलगअलग राजीनामा पत्र तयार पारेर मुख्यमन्त्रीलाई बुझाउने तयारी गरेका छन् ।

कोशीमा अब एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस सहभागी हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर