अमेरिकी राष्ट्रपतीय चुनाव

ट्रम्प भर्सेज ह्यारिस : कसको सम्भावना बलियो ?

उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्ने बाटो स्पष्ट देखिन्छ । तर, उनका लागि सबैभन्दा ठूलो चुनौती नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउनु हुनेछ ।

कमला ह्यारिस डेमोक्र्याटिक पार्टीको राष्ट्रपति पदको उम्मेदवार बन्दा एकातिर डेमोक्र्याटहरूमा नयाँ राहत मिल्नेछ भने केही कमजोरीहरू पनि उजागर हुनेछन् जुन जो बाइडेन दौडमा हुँदा चिन्ताको विषय थिएनन् ।

हालैको चुनावी सर्वेक्षणमा कमला ह्यारिस पूर्वराष्ट्रपति ट्रम्पभन्दा थोरै पछाडि देखिएकी थिइन् । उनको स्थिति विल्कुल त्यस्तै थियो जस्तो उम्मेदवारी फिर्ता लिनुअघि राष्ट्रपति बाइडेनको थियो । अनुमानित सर्वेक्षण तथ्यांक र ग्राउण्ड डाटामा सधैं उतारचढाव हुने सम्भावना रहन्छ ।

राष्ट्रपति बाइडेनको फिटनेस र प्रचार अभियान कायम राख्ने क्षमतालाई लिएर तीन हप्ताभन्दा बढी माथापच्चीपछि डेमोक्र्याटहरू अहिले उत्साहित छन् ।

कमला ह्यारिसको शक्ति
पूर्वसभामुख न्यान्सी पेलोसीलगायत अन्य सबै प्रमुख सम्भावित प्रतिस्पर्धीहरूले कमला ह्यारिसलाई पार्टीको राष्ट्रपतिको उम्मेदवारका रूपमा समर्थन गरेका छन् । न्यान्सी पेलोसी डेमोक्र्याटिक राजनीतिमा सबैभन्दा प्रभावशाली नेतामध्ये एक हुन् ।

अहिले समग्रमा अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा कडा प्रतिस्पर्धाको अवस्था देखिएको छ ।

पूर्वराष्ट्रपति ट्रम्पलाई लिएर अनाकर्षण र प्रमुख स्विङ राज्यहरूमा मध्यमार्गी मतदातालाई आकर्षित गर्नुका साथै पछिल्लो केही समयदेखि निराशातिर बढिरहेको आफ्नो डेमोक्र्याटिक मत आधारलाई सक्रिय बनाउनु उपराष्ट्रपति कमला ह्यारिसका लागि चुनौती र अवसर समान हुनेछ ।

ट्रम्प समर्थकहरूको उत्साहको बराबरीका लागि आफ्ना समर्थकहरूलाई सक्रिय गर्नु डेमोक्र्याटहरूका लागि धेरै महत्त्वपूर्ण हुनेछ । यस पटक डेमोक्र्याटहरूले चुनावी अभियानमा सबैभन्दा बढी चन्दा पाएका छन् ।

बाइडेनको घोषणापछि २४ घण्टामा ८ करोड डलरभन्दा धेरै धनराशिको चन्दा जुटाइयो, जुन यस चुनावमा कुनै पनि उम्मेदवारका लागि एकै दिनमा उठेको सबैभन्दा धेरै चन्दा हो ।

बाइडेन-ह्यारिसको चुनाव प्रचारका लागि संकलन गरिएको चन्दा रकमबाट प्राप्त हुने करिब १० करोड डलरले कमला ह्यारिसको चुनावी अभियानलाई बलियो आर्थिक आधार मिल्नेछ ।

यदि कमला ह्यारिस उम्मेदवार बनिन् भने उनले राष्ट्रपति बाइडेनको उमेरलाई मुद्दा बनाएर घेर्ने ट्रम्पको प्रयासलाई विफल पार्नेछिन् ।

विगत केही महिनादेखि चुनावी अभियानडमा ट्रम्पले बाइडेनलाई उनको बढी उमेरका कारण कमजोर र सजिलै भ्रमित भएको भन्दै निशाना बनाउँदै आएका छन् ।

चार साताअघि राष्ट्रपतीय बहसमा राष्ट्रपति बाइडेनको खराब प्रदर्शनपछि यस्ता बहस झन् चर्किएका थिए ।

७८ वर्षीय ट्रम्पका अघि ५९ वर्षीया उपराष्ट्रपति कमला ह्यारिस बढी ऊर्जावान् प्रचारक हुनेछिन् र आफ्नो पार्टीका लागि अनुकूल वातावरण सिर्जना गर्न सक्षम हुनेछिन् ।

पूर्वराष्ट्रपति ट्रम्पको उमेरलाई मुद्दा बनाएर कमला ह्यारिसले परिस्थितिलाई आफ्नो पक्षमा पनि पार्न सक्छिन् किनभने ट्रम्पले जिते उनी अहिलेसम्मकै सबैभन्दा जेठो राष्ट्रपति बन्नेछन् ।

कमला ह्यारिसले अश्वेत मतदाताको समर्थन पनि आफनो पक्षमा पार्न सक्षम हुन सक्नेछिन् ।

हालैको सर्वेक्षणअनुसार अश्वेत मतदाताहरू बाइडेनबाट हच्किरहेका थिए । विशेषगरी केही ‘स्विङ राज्य’ हरूमा जसले यस पटकको चुनावको रूझान तय गर्नेछ ।

अभियोजकका रूपमा कमला ह्यारिसको पृष्ठभूमिले पनि उनको छवि चम्काउन सक्छ ।

उपराष्ट्रपति कमला ह्यारिस गर्भपतनको मुद्दामा पनि बाइडेन सरकारका तर्फबाट ‘केन्द्र व्यक्ति’ बनेकी छन् ।

गर्भपतनको मुद्दा हालैका चुनावहरूमा डेमोक्र्याटिक मत आधारलाई उत्प्रेरित गर्ने सबैभन्दा प्रभावशाली मुद्दाहरूमध्ये एक साबित भयो ।

डेमोक्य्राटिक अभियान समितिका प्रमुख तथा न्यूयोर्कका पूर्वकांग्रेसी स्टिभ इजरेलले बीबीसीको अमेरिकास्ट पोडकास्टलाई भने, ‘मलाई लाग्छ कि उनले देशभरका उपनगरीय महिलाहरूलाई सम्झाउँछिन्, विशेषगरी ती युद्धभूमिहरूमा कि प्रजनन अधिकारका साथ के दाउमा लगाइएको छ ।’

कमला ह्यारिसका कमजोरी
कमला ह्यारिसको सबै शक्तिका बाबजुद केही डेमोक्र्याटहरू सुरूमा बाइडेनलाई राष्ट्रपतिको दौडबाट हटाउने पक्षमा थिएनन् ।

गर्भपतनको मुद्दामा डेमोक्य्राट समर्थकहरूमा उत्साह पैदा गराए पनि उपराष्ट्रपतिको रूपमा ह्यारिसको कार्यकाल मिश्रित रह्यो ।

उपराष्ट्रपति बनेलगत्तै कमला ह्यारिसलाई अमेरिका-मेक्सिको सीमामा आप्रवासन संकटका मूल कारणहरूको समाधान गर्ने जिम्मेवारी दिइएको थियो ।

एनबीसी न्यूजका प्रस्तोता लेस्टर होल्टसँगको जुन २०२१ को अन्तर्वार्तासहित कैयौं गलत कदम र अभिव्यक्तिले कमला ह्यारिसको छविमा आँच पुर्‍यायो ।

रिपब्लिकनहरूले पहिलेदेखि नै कमला ह्यारिसलाई राष्ट्रपतिको ‘सीमा साम्राज्ञी’ भनेर निन्दा गरिरहेका छन् ।

साथै सर्वेक्षणहरूमा बाइडेन प्रशासनको अलोकप्रिय अध्यागमन नीतिहरूको अनुहार बनाएर कमला ह्यारिसमाथि निशाना साध्ने कोसिस गरिरहेका छन् ।

स्टिभ इजरेलले भने, ‘ती युद्धभूमि राज्यहरूमा डेमोक्र्याटहरूका लागि आप्रवासन एक प्रकारको भावनात्मक कमजोरीजस्तै हो । ती उपनगरहरूमा बस्ने मतदाताहरूका लागि यो धेरै प्रमुख मुद्दा हो । त्यहाँका मानिसहरू आप्रवासन प्रणालीले पर्याप्त काम नगरेको विश्वास गर्छन् ।’

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको एउटा कमजोरी उनको उम्मेदवारीका रूपमा रहेको उतारचढावपूर्ण ट्र्याक रेकर्ड हो ।

सन् २०२० मा डेमोक्र्याटिक राष्ट्रपतिको उम्मेदवारीको दौडमा उनले ठूलो असफलताको सामना गर्नुपरेको थियो ।

कमला ह्यारिसले सुरूमा माहौल त बनाइन् तर उनको असफल अन्तर्वार्ता, स्पष्ट परिभाषित दृष्टिकोणको अभाव र कमजोर चुनावी अभियानले उनलाई प्रारम्भिक निर्वाचन प्रक्रियाबाट नै बाहिरिनुपरेको थियो ।

ह्यारिसलाई छाप छोड्ने मौका
ह्यारिसका लागि सायद सबैभन्दा ठूलो चुनौती यो हो कि उनी बाइडेनजस्तो राष्ट्रपति होइनन् ।

यसकारणले कमला ह्यारिसले आफूलाई बाइडेनका केही अलोकप्रिय निर्णयहरूबाट टाढा राख्न सक्छिन् ।

राष्ट्रपति पदका लागि कमला ह्यारिसका विरूद्ध उनका ‘अत्यधिक अप्रमाणित’ र ‘अत्यधिक जोखिमपूर्ण’ रहेको प्रमाणित गर्न जोडबलले कोसिस गरिरहेका ट्रम्पलाई नै रिपब्लिकनहरूले एकमात्र उम्मेदवारका रूपमा प्रस्तुत गर्न कोसिस गर्ने विश्वास गरिएको छ ।

तर, आगामी दिनमा उपराष्ट्रपति कमला ह्यारिससँग पहिलो पटक अमेरिकी जनतामा नयाँ छाप छोड्ने मौका छ ।

यदि उनी यसमा असफल भएमा पार्टीमा संघर्ष सुरू हुन सक्छ, जुन अगस्टमा पार्टीको राष्ट्रिय महाधिवेशनमा नयाँ नेता चयनपछि सकिनेछ ।

जसरी पछिल्ला चार हप्तामा ह्वाइट हाउसको दौडमा तीव्र गतिमा परिवर्तन भएको छ, त्यस स्थितिमा कमला ह्यारिसले अब उनी ट्रम्पसँग प्रतिस्पर्धा गर्न सक्छिन् भन्ने प्रमाणित गर्नुपर्नेछ ।

-बीबीसी हिन्दीबाट भावानुवाद

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर