माओवादी केन्द्रको पदाधिकारी बैठक १ बजेलाई सर्‍यो

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिएको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।

सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक आज बस्ने भएकोले माओवादी पदाधिकारी बैठक सरेको पार्टीका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

आजको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर