जाजरकोटमा घर भत्किँदा एकै घरका ८ जना घाइते

जाजरकोटको छेडागाड नगरपालिका-१२, काँडागाउँमा घर भत्किँदा एकै घरका आठ जना घाइते भएका छन् ।

घरमूली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठ जना सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख पुरूषोत्तमप्रसाद पाण्डेले बताए ।

आज बिहान ढुङ्गा-माटोले बनेको एकतले घर भत्किएपछि १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भिरकुली, १५ वर्षीया सुजाता, १६ वर्षीया सङ्गीता र १४ वर्षीय नवराज अधिकारी घाइते भएका हुन् ।

दुर्घटनामा पदम, सरिता र दिनेशसहित गम्भीर घाइते भएका छ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने सङ्गीता र नवराज सामान्य घाइते भएका प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर