टीआरसी सम्बन्धी कार्यदलको बैठक बस्दै

सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी कार्यदलको बैठक आज बस्दैछ। 

बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित गृहमन्त्रालयमा बस्ने बताइएको छ ।

 बैठकमा टीआरसी विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा सहमति खोज्ने प्रयास हुने कार्यदल सदस्य महेश बतौंलाले जानकारी दिए ।

कार्यदल सदस्यहरू नेपाली कांग्रेसबाट गृहमन्त्री लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका छन् । यसअघि प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुङ्ग्याउन सहमत भएका थिए। ​

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर