एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई छिट्टै पूर्णता दिने

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीलाई यही छिट्टै पूर्णता दिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको बैठकले कार्यविधि तथा मापदण्डका आधारमा केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

जिल्ला अधिवेशन आगामी मङ्सिर महिनासम्म सम्पन्न गर्ने विषयमा छलफल गरिएको बैठकमा सबै प्रदेशले केन्द्रीय सदस्यका लागि केन्द्रमा सिफारिस गरेका नामावलीबाट नेताहरुको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनित गर्न नेताहरुको सुझाव आएको छ ।

पार्टी केन्द्रीय कमिटीमा चयन हुन विधानले तोकेको योग्यता पूरा भएको हुनुपर्ने जनाइएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टी विरुद्ध विभिन्न षड्यन्त्र सुरु भएकाले पार्टीलाई थप बलियो बनाउन सबै नेता तथा कार्यकर्तालाई चनाखो हुन निर्देशन दिएको नेता पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर