मानसिक स्वास्थ्यमा आधारित गीत ‘सम्झिराख न’ (भिडियो)

लण्डन निवासी गायकद्वय सुजन पराजुली र भीजे घिमिरेको गित ‘सम्झिराख न’ बजारमा आएको छ । मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाइएको गीतमा संगीत, शब्द अनि अभिनय गाएकद्व्यको नै रहेको छ ।

मानसिक स्वास्थजस्तो जटिल तथा संवेदनशील विषयलाई समेटेर बनाइएको कथावस्तुलाई दर्शक-श्रोताले मन पराएका छ्न । सुजन भन्छन्, ‘नेपाली संगीत क्षेत्रमा नौलो प्रयोग गरेका छौं ।’

नेपाली पप र टिपिकल लोकगीतको संयोजनको सुरूवात आफूहरूले सुरू गरेको उनले दाबी गरे ।

अर्का गायक भीजे घिमिरे निकै उत्साहित छन् । उनी भन्छन्, ‘अब नयाँ बाटो खुलेको छ नेपाली फ्युजन गीतको । ट्रेन्डमा आउनेमा ढुक्क छौं ।’

कथावस्तुमा भीजे र सुजन यमराज र चित्रगुप्तको भूमिकामा देखिन्छन् । मानसिक स्वास्थ्यका कारण अस्वाभाविक मृत्युदर बढेकाे, व्यवस्थापन गर्न गाह्रो भएकाे रोकथामका लागि उनीहरू पृथ्वीलोकमा आएको तथा रोकथाम नियन्त्रण गर्न सफल भएको कथालाई आकर्षक ढंगले देखाउन खोजिएको छ ।

गीतको कथावस्तु अनि डाइरेक्सन अनमोल केसी अभिनित चलचित्रका ‘फर्कीफर्की’ का निर्देशक सुयोग गुरूङले गरेका हुन् । भीजे म्युजिक युट्युब च्यानलबाट रिलिज गरिएको गीतमा किरण थापा र अभी वाग्लेको कोरियोग्राफी छ भने गीतको एरेन्ज विप स्टुडियोले गरेको हो ।

हेर्नुस् भिडियाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर