राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा शिवराज अधिकारी नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले पाल्पाका डा अधिकारीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन् ।

त्यसैगरी बैठकले आयोगमा सदस्यहरू पनि मनोनयन गरेको छ । बैठकले आयोगका सदस्यहरूमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।

बैठकले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ । उनी नेपालको निजामती सेवाको इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर