नेपालकी पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला

सरकारले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । यससँगै गड्तौला निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने उनी पहिलो महिला बनेकी छन् ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी ५८ वर्ष उमेरहदका कारण २०८१ भदौ १५ मा अनिवार्य अवकाशमा जाने छिन् ।

गड्तौलालाई यसअघि पुष्कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कायममुकायम मुख्यसचिव बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर