संसदीय समिति सभापति यादव र सांसद सुदन किरातीबीच बैठकमै भनाभन (भिडियाे)

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति राजकिशोर यादव र नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीबीच भनाभन भएको छ ।

बिहीबारको समिति बैठकमा सभापति यादवले सांसद किरातीलाई बोल्न समय दिएका थिए ।

बैठकमा सांसद किरातीले १२ मिनेटभन्दा बढी समय बोलिसकेपछि एमसिसीबारे धारणा राख्न थाले । सो विषयलाई रोकेर सभापति यादवले प्राविधिक कुराहरूमा जान आग्रह गरे । सभापतिको आग्रहपछि किरातीले एजेण्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाए ।

सभापति यादव र सांसद किरातीबीच भएको सवालजवाफ जस्ताको तस्तै :

सुदन किराती : ….हुन त सार्वभौमसत्ताको कुरा गर्दा हिजो एमसीसी पनि त्यसैअन्तर्गत गयो त हाम्रो देश । सडकमा रक्तपात भयो, राँके जुलुस भयो । देश आन्दोलित भयो । सार्वभौमसत्ता त्यति कमजोर छैन होला तर अहिले कसले हात हाल्ने कसले काम गर्ने परिस्थिति पनि त्यस्तै छ ।

सभापति : माननीयज्यू, एक पटक समयको…

सुदन किराती : के गर्नु एजेण्डा राखिरहाल्नुभयो, एजेण्डामा त बोलिसकौं न ।

सभापति : टेक्निकल कुरा राखौं ।

सुदन किराती : टेक्निकल त म कसरी राखौं, राजनीतिक मान्छे । राजनीतिक व्यक्ति म, टेक्निकल कुरा त कुन चाहिँ जहाज कति घण्टा उडाएर त्यसको रिसाइक्लिङ कहिले हुन्छ ? म सक्दिनँ नि त । विषयमा नीति केन्द्रित भन्नु न सभापतिज्यू । कसरी टेक्निकल्ली, टेक्निकल्ली भन्नुहुन्छ । म त जान्दिनँ टेक्निकल्ली । म त पाइलट पनि परिनँ ।

सभापति : यहाँ टेक्निकल विषयमा बहस हुने हो ।

सुदन किराती : राजनीतिक मान्छेले के गर्छ त ?

सभापति : ठीक छ, यहाँ विषयमा केन्द्रित होऔं न ।

सुदन किराती : केमा गर्दैछु त म ?

सभापति : तपाईं राजनीति…

सुदन किराती : सभापतिज्यू, तपाईंले कसरी राख्नुभयो राखेकै कुरामा म छलफल गरिरहेको छु ।

सभापति : त्यही गरौं न त । समय यहाँ कम छ ।

सुदन किराती : एजेण्डा किन राख्नुभएको त ?

सभापति : कुरा राख्नु त भयो नि । विषयमा अलिकति केन्द्रित होऔं न ।

सुदन किराती : म विषयभन्दा कसरी बाहिर गएँ ? तपाईंले पो बुझ्ने समस्या भयो त यो ।

सभापति : माननीयज्यू, तपाईं अलिकित हद पार गर्दै हुनुहुन्छ । तपाईंले यहाँ….

सुदन किराती : तपाईं यहाँ दोहोरो संवाद गरेर नष्ट गर्ने, धेरै एजेण्डा राख्ने…

सभापति : तपाईं यहाँ…

सुदन किराती : एजेण्डामा हामी बोल्न नपाउने ? के हो यो ?

सभापति : तपाईंलाई…

सुदन किराती : तपाईं हठी कि म हठी ?

सभापति : म कुरै…

सुदन किराती : फेरेर कुरा गर्नुहुन्छ ।

सभापति : तपाईं समयलाई ध्यान दिनू ।

सुदन किराती : सभापतिज्यू, कोर्डिनेसन गर्नुस् ।

सभापति : होइन, समयलाई त ध्यान दिनू ।

सुदन किराती : तपाईंले नयाँ मन्त्री छ त किन यति ४-४ वटा गर्नुभयो त ?

सभापति : किन गरिँदैन ?

सुदन किराती : मलाई बोल्न दिँदा किन तपाईं रोक्नुहुन्छ ?

सभापति : विषयमा राख्नुस् न ।

सुदन किराती : यत्रो पढ्नै थियो, अझै मैले छोट्याउन खोजेको ।

सभापति : विषयमा राख्नुस् न ।

सुदन किराती : म त छोट्याउँदैछु, विषय केन्द्रित नभए के हो यो ? अरू माननीयजतिले त मैले बोलेकै छैन त । ठीक छ मन्त्रीज्यू, म बोलिनँ ।

सुदन किराती : तपाईंको पनि…. टेप लाएर…

सभापतिः मान्य हरि उप्रेतीलाई ….

हरि उप्रेती : कारण कसले पहिल्याउने ? थोत्रा प्लेनको, पाइलटको, को-पाइलटको कारण कि, गुगलको कारण ? यो विषय पहिला छुट्याउन जरूरी छ जस्तो लाग्छ मलाई ।

सुदन किराती : सभापतिज्यू, म लागेँ । तपाईंले आज धम्क्याउन बोलाउनुभएको रहेछ, धन्यवाद ।

हरि उप्रेती : कसैले पनि धम्क्याएको छैन, बसौं माननीयज्यू ।

सुदन किराती : म बस्दिनँ ।

हरि उप्रेती : यति गम्भीर विषय छ, देशको स्थिति ।

सुदन किराती (झर्किँदै) : गम्भीर विषयमा त कुरा राख्न पाउनुपर्‍याे नि ।

हरि उप्रेती : राख्नुभयो त । त त्यत्रो…

सुदन किराती : तपाईंले मलाई रूलिङ गर्ने कि उहाँले गर्ने ? तपाईं फेरि रूलिङ गर्न थाल्ने ?

सांसदहरू : बसौं न माननीयज्यू ।

हरि उप्रेती : राम्रो विषय राख्नुभएको छ भन्दैछु त ।

सुदन किराती : एजेण्डामा कुरा गर्न नदिने भए किन एजेण्डा राख्नुभयो ? म त छोट्याउँदै थिएँ।

सभापति : यसलाई कन्टिन्यु गरौं ।

सुदन किराती : अरूलाई बोल्न भारी दिने, मलाई टेक्निकल कुरा गर् भन्ने ?

सभापति : बसौं बसौं ।

सुदन किराती : म थोडी इन्जिनियर पढेको हो ? म राजनीति गरेर आएको हो । तपाईं गर्नुस् टेक्निकल कुरा, छानबिन पनि तपाईं गर्नुस् । तपाईं दाइने झर्‍याे कि देब्रे झर्‍याे हेर्नुस् । कस्तो बोल्न दिनुहुन्न ।

सभापति : हरि उप्रेतीज्यू बोल्नुस् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर