विमान दुर्घटनाबारे गहन अध्ययन गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन नेकपा एसको माग

नेकपा (एकीकृत समाजवादी) ले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन रूपमा अध्ययन गर्न सरकारसँग आग्रह गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा सौर्य एयरलाइन्स दुर्घटनाबारे गहन रूपमा अध्ययन गर्न सरकासँग आग्रह गरिएको हो ।

बैठकका बारेमा जानकारी दिँदै पार्टीका नेता जगन्नाथ खतिवडाले सौर्य एयरलाइन्सको दुर्घटनामा मृतकप्रति श्रद्धाञ्जली दिँदै दुर्घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने बारेमा सरकारको ध्यानाकर्षण गराउनेबारे छलफल भएको बताए । मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसमेत गरिएको उनले बताए ।

उनले बैठकमा पार्टीको महाधिवेशनले दिएको म्याण्डेटअनुसार केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक बसेको बताए ।

‘पार्टीको महाधिवेशनले दिएको म्याण्डेटअनुसार केन्द्रीय कमिटीलाई पूर्णता दिनको निम्ति ९३ जना सर्वसम्मत भएर निर्वाचित भएको केन्द्रीय कमिटीको बैठक बसेको हो,’ नेता खतिवडाले भने, ‘यो बैठक २९९ सदस्यीय केन्द्रीय सदस्यलाई पूर्णता दिने क्रममा त्यसको आधार, त्यसका मापदण्डहरू र त्यसलाई कसरी चाँडोभन्दा चाँडो सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा र यसमा के कस्ता समस्याहरू तल प्रदेशले झेलिरहनुभएको छ, त्यो प्रदेशका समस्याका बारेमा पनि छलफल गर्ने गरी आज हामी बसेका छौँ । कमिटीलाई पूर्णता दिने भन्ने विषय नै मुल कुरा हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर