हामीविरूद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन् : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरूद्ध षड्यन्त्र सुरू भएको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले पार्टीविरूद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरू बुनिँदैछन् भन्ने कुरा सुन्नमा आएको बताए ।

उनले सो बारेमा यकिन नभइसके पनि पार्टीविरूद्ध षड्यन्त्र सुरू भएकै दाबी गरे । उनले षड्यन्त्रका विरूद्धमा गहन विश्लेषण गरेर जानकारी हासिल गर्नुपर्ने बताए । उनले पार्टीले पूर्ण सतर्कता अपनाउनुपर्ने पनि बताए ।

‘हाम्रा विरूद्धमा अनेकौं किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदैछन् भन्ने कुरा पनि सुन्नमा आइरहेको छ । कति सत्य हो, कति असत्य हो थाहा छैन,’ अध्यक्ष नेपालले भने, ‘तर कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ । लेखेर पनि हुँदो रहेनछ । बोलेर हुँदो रहेनछ । त्यसको थोरै एनालाइसिस गर्नुपर्ने रहेछ ।’

अध्यक्ष नेपालले विभिन्न राजनीतिक दल र शक्तिहरूसँग संवाद जारी राख्नुपर्ने पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर