विमान दुर्घटनामा मृतकका परिवारलाई भेट्दै स्वास्थ्यमन्त्रीले भने- गहन अनुसन्धान हुन्छ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् ।

बिहीबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटनामा परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न पुगेका मन्त्री पौडेलले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘छानबिन गर्न आयोग गठन गरिएको छ । व्यवस्थित ढंगले छानबिन गर्न ४५ को समय दिएर अध्ययन गर्न भनिएको छ । कारण, निवारण खोजेर प्रतिवेदन दिन भनिएको छ,’ मन्त्री पौडेलले भने, ‘समितिले यसका सम्पूर्ण पक्षहरू खोतल्ने छ । ब्ल्याक बक्स सुरक्षित छ, त्यसले पनि धेरै वास्तविक कुरा पत्ता लाग्छ । वास्तविकता गहिराइमा गएर खौज्दा पत्ता लाग्छ । दुर्घटनाको कारण गहिराइमा नै गएर खोजिनुपर्छ ।’

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । १९ जना यात्रु सवार विमानका पाइलट शाक्य भने उपचाररत छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर