फेला परेका सवारी साधनमा हकदाबी पेस गर्न विभागको आग्रह

राजस्व अनुसन्धान विभागले शङ्कास्पद रूपमा चलिरहेको भन्ने सूचनाका आधारमा नियन्त्रणमा लिएका विभिन्न सवारी साधनहरूउपर हकदाबी पेस गर्न आग्रह गरेको छ ।

विभागले आज एक सूचना जारी गर्दै ट्राफिक प्रहरीमार्फत कार्यालयमा दाखिला हुन आएका बरामद सवारी साधनहरू कोही कसैको भएमा प्रमाण पुग्ने कागजात सहित १५ दिनभित्र दाबी पेस गर्न आग्रह गरेको हो ।

तोकिएको समयभित्र हक दाबी नपरे ती सवारी साधन नेपाल सरकारको मातहतमा जाने समेत विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर