विमान दुर्घटना : शिक्षण अस्पतालमा शोकाकुल आफन्त (तस्बिरहरु)

सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम सुरु गरिएको छ। बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको पोष्टमार्टम सुरु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

अस्पताल परिसरमा आफन्त गुमाएका आफन्तहरु भावविह्वल अवस्थामा शव कुरेर बसिरहेका छन्। विमान दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको निधन भएको छ भने एक जना घाइते भएका छन्। घाइते भएका पाइलट मनीषरत्न शाक्यको अहिले काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले अस्पतालले सकेसम्म ७२ घण्टाभित्र मृतकका आफन्तलाई शव बुझाउने तयारी रहेको बताए। उनले मृतकहरुको प्रायः सबै शरिर जलेकाले पोस्टमार्टममा समय लाग्ने भन्दै परिवारले दिएको विवरणअनुसार सकेसम्म चाँडै सक्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *