विमान दुर्घटना : ज्यान गुमाएकाहरूको पोस्टमार्टम शुरु, एउटा शवको पोस्टमार्टम सक्न ४ घण्टा

बुधवार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुमध्ये चार जनाको पोस्टमार्टस शुरु गरिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ ।

त्रिविशिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा। गोपालप्रसाद चौधरीले साँझ ५ बजेबाट सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम शुरु गरिएको बताए । उनले आज पोस्टमार्टस शुरु गरेका चार जनाको आज नै पोस्टमार्टम सक्ने गरी परीक्षण शुरु भएको बताए । उनले मृतकहरूको जतिसक्दो छिटो पोस्टमार्टम सक्नेगरी निरन्तरता दिइने बताए । उनले अस्पताले सकेसम्म ७२ घण्टाभित्र मृतकका आफन्तलाईबुझाउने तयारी रहेको बताए ।

मृतकहरुको प्राय सबै शरिर जलेकाले पोस्टमार्टममासमय लाग्ने भन्दै परिवारले दिएको विवरण अनुसार सकेसम्म चाडै सक्ने बताए । अस्पतालमा जनशक्ति थोरै भएकाले पोस्टमार्टमको लागि पाटन अस्पताल,भक्तपुर र पोखराबाट समेत डाक्टरहरुलाई बोलाएको बताए । उनले एउटा शवको पोस्टमार्टम सक्नका लागि कम्तीमा ४ घण्टा समय लाग्ने बताए । शव धेरै जलेकाले सकेसम्म चाँडो सक्नेगरी काम अघि बढाएको बताए । उनले शवहरू आफन्तलाई बुझाउँदा ‘कस्मेटिक सर्जरी’ गरिने बताए । उनले पोस्टमार्टमका लागि शिक्षण अस्पतालका २५ जना चिकित्सकहरू खटिएको बताए । शुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रुपमा बनेका संकेतहरू (खत, ट्याटु लगायत) हेरिने बताए । उनले त्यस्ता साइनबाट कुनै पहिचान हुन नसकेको खण्डमा मात्रै डीएनएको प्रक्रियामा जाने उल्लेख गरे । यदी कुनै शव पहिचान गर्न नसकेर डीएनएको प्रक्रियामा जान परेको खण्डमा कम्तीमा दुई हप्ता लाग्ने बताए ।

अस्पताल परिसरमा आफन्त गुमाएका आफन्तहरु भावविह्वल अवस्थामा शव कुरेर बसिरहेका छन् । विमान दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् । घाइते भएका पाइलट मनीषरत्न शाक्यको अहिले काठमाडौँ मेडिकल कलेज ९केएमसी० मा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर