नेपाल प्रहरीका नवनियुक्त ६७ इन्स्पेक्टरले पाए दर्ज्यानी चिह्न

नेपाल प्रहरीमा जनपद समूहतर्फ नवनियुक्त ६७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

खुला प्रतियोगिताद्वारा नवनियुक्त ९६ मध्ये विभागीयतर्फका ६७ जना प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भीमप्रसाद ढकालले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

२०८० कात्तिक ३ गते प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगिताको २०८१ असार ९ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६७ र खुलातर्फ २९ जना गरी ९६ जना प्रहरी निरीक्षकमा उत्तीर्ण भएका छन् । जसमा ९ जना महिला छन् ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ साउन ३ गतेको निर्णयले साउन ९ गतेदेखि लागू हुनेगरी उनीहरू प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया

One thought on “नेपाल प्रहरीका नवनियुक्त ६७ इन्स्पेक्टरले पाए दर्ज्यानी चिह्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर