काठमाडौं उपत्यकामा सुरू भयाे पोलियोविरूद्धकाे विशेष खोप अभियान

काठमाडौं उपत्यकामा आजबाट पोलियोविरूद्धकाे विशेष खोप अभियान सुरू भएको छ । बुधबारबाट उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा ५ वर्षमुनिका सम्पूर्ण बालबालिकाहरूका लागि खोप अभियान सुरू भएको हो ।

खोप स्वास्थ्यकर्मी र महिला सामुदाकिय स्वास्थ्य स्वयंसेविकामार्फत घरघरमा पुगेर खुवाउन सुरू गरिएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर २९ की स्वास्थ्य स्वयंसेविका निर्मला सुवेदीले वडाले तोकिदिएको क्षेत्रमा पुगेर घरघरमा पोलियो खोप अभियान सुरू गरिएको बताइन् ।

उनले विद्यालयमा पुगेर ख्वाउन सहज भए पनि विद्यालय नजाने बालबालिकाहरूका लागि घरघरमै पुगेर खुवाउने अभियान थालिएको बताइन् । उनले कतिपय अभिभावकहरूले कुरा नुबझ्दा खोप अभियानमा असहजता भएको पनि बताइन् ।

पोलियो भाइरसबाट संक्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छ । डाक्टरका अनुसार पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।

पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर ५ वर्षमुनिका बालबालिका बढी जोखिममा हुने डाक्टरको भनाइ छ । यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियोविरूद्धको खोप लगाउनु नै हो । सरकारले बालबालिकालाई राष्ट्रिय खोप तालिकामार्फत पोलियोविरूद्धको खोप नियमित रूपमा दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर