सौर्य एयर दुर्घटनाको शोकमा बिहीबार आधा झण्डा झुकाइने

पाँच सदस्यीय जाँचबुझ आयोग गठन, विमानहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन

सरकारले बुधबार बिहान भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा भोलि (बिहीबार) राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको शोक मनाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङका अनुसार दुर्घटना छानबिनका लागि पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरिएको छ भने विमानहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिइएको छ ।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर