मन्त्रिपरिषद बैठक : दुई मन्त्रीको विदेश भ्रमण स्वीकृत

सरकारले भारतको नयाँ दिल्लीमा आयोजना हुने बिमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय बुधबार सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सोबारे जानकारी गराएका हुन् ।

उनले ‘समृद्धिका लागि वन’ आयोजनाका लागि विश्व बैंकबाट थप १३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको पनि जानकारी दिए ।

यस्तै सरकारले फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ३३ औं ग्रीष्मकालीन ओलम्पिक खेल समारोहमा २०८१ साउन १० देखि १२ गतेसम्म युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई सहभागी हुन स्वीकृति दिएको छ ।

सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा सहसचिव महादेव पन्थलाई कायममुकायम तोक्ने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर