सौर्य एयर दुर्घटनापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बुधबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको हो ।

बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा उडानका क्रममा क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले दुर्घटनापछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय गर्नेछ । साथै एक आयोग बनाउने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर