सौर्य एयर दुर्घटनामा गयो एकै परिवारका तीन जनाको ज्यान

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ मध्ये तीन जना एकै परिवारका सदस्य रहेको खुलेको छ ।

सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र उनीहरूका ४ वर्षीय छोरा अधिराज शर्माले दुर्घटनामा ज्यान गुमाएका हुन् ।

प्रिजा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर थिइन् ।

सौर्य एयरलाइन्सले विवरणमा सबैलाई कम्पनीकै कर्मचारीको रूपमा देखाए एकै परिवारका सदस्य यात्रु रहेको खुलेको हो ।

बुधबार बिहान ११:११ बजे काठमाडौंबाट पोखरा उडेको सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज दुर्घटनामा परेको हो ।

दुर्घटनामा क्याप्टेन मनीष शाक्य भने घाइते भएका छन् र उनको उपचार भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *