बागमतीका मुख्यमन्त्री लामा र ९ मन्त्रीले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले शपथ ग्रहण गरेका छन् ।

बुधबार प्रदेश प्रमुखको कार्यलयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट लामाले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

त्यस्तै प्रकाश श्रेष्ठ कृषि तथा पशुपंक्षी विकासमन्त्री, अमनकुमार मास्के भौतिक पूर्वाधार विकासमन्त्री, किरण थापामगर स्वास्थ्यमन्त्री, कृष्णप्रसाद सिलवाल वन तथा वातावरणमन्त्री, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायातमन्त्री, सुकुमाया तामाङ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री नियुक्त भएका छन् ।

कुन्दनराज काफ्ले, श्यामबहादुर खड्का, मधुकुमार श्रेष्ठलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको छ ।

उनीहरूको पनि आजै शपथ भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर