विमान दुर्घटनामा यात्रुहरूको निधनप्रति संसदीय समितिद्वारा शोक प्रस्ताव पारित

संसदीय समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकाप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा यात्रुहरूको निधन भएकाप्रति शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । त्यस्तै उद्धार गरिएका घाइतेको सुस्वास्थ्यको कामना पनि गरेको छ ।

बैठकमा बोल्दै सांसदहरूले जहाज दुर्घटनामा जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर