दुर्घटनाग्रस्त सौर्य एयरमा थिए एक विदेशीसहित १७ जना कम्पनीकै कर्मचारी (नामावलीसहित)

१८ जनाको मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १७ जना कम्पनीकै कर्मचारी सवार रहेको खुलेको छ । १७ मध्ये एक जना विदेशी हुन् ।

सौर्य एयरलाइन्सका अनुसा १७ जनामध्ये अरेफ रेडा नामका एक कर्मचारी भने विदेशी छन् ।

नागरिक उड्डयन प्राधिकरणले विमान १९ जना सवार रहेको जनाएको छ । तीमध्ये १८ जनाको शव निकालिएको र एक जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाइएको प्राधिकरणले जनाएको छ ।
यात्रुबाहेक चालकदलका सदस्य पाइलट मनिषरत्न शाक्य र कोपाइलट एस कटुवाल रहेका थिए ।

कम्पनीका अनुसार दुर्घटनाग्रस्त विमानमा अमितमान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा कर्मचारी रहेका थिए।

हेर्नुहोस् विवरण

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *