सौर्य एयर दुर्घटनाको जानकारी लिन विमानस्थल जाँदै प्रधानमन्त्री

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल जाने भएका छन् ।

उनी केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जान लागेका हुन् । उनका साथ नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाइएको छ ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ यात्रु सवार सौर्य एयरको जहाज दुर्घटना भएको हो । जहाज काठमाडौंबाट पोखरा उड्ने क्रममा दुर्घटना भएको हो ।

प्रतिक्रिया

One thought on “सौर्य एयर दुर्घटनाको जानकारी लिन विमानस्थल जाँदै प्रधानमन्त्री

  1. सौर्य एयरको जहाज काठमाण्डौ एयरपोर्ट बाट भुईं छाड्ने बित्तिकै असन्तुलित भएर भुईंमै बजारियो। भुईं छाड्ने बित्तिकै असन्तुलित हुनु चालकको गल्ती कदापि होईन । मर्मत मा पोखरा लान थालेको जहाज मा यात्रु चढाएर लानु नागरीक भन्दा पैसालाई महत्व दिनु अत्यंत दुःखदाई हो । उक्त घटनाको उचित जांच-पड़ताल गर्नु सरकार को जिम्मेदारी हो।
    हामी यस घटनालाई गम्भीर आलोचना गर्छौं , तथा पिडित परिवार प्रति हार्दिक समवेदना एवं मृतक जन प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं !!!
    स्वतंत्र देशभक्त राष्ट्रीय मोर्चा, नेपाल !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर