राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक
९ साउन २०८१ १०:४३
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक साउन १० गते बिहीबार बिहान ११ बजे बोलाइएको हो ।
केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
प्रतिक्रिया