लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ, ९ सदस्यीय मन्त्रिपरिषद गठन

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

यस्तै, मुख्यमन्त्री आचार्यसहित ९ जना मन्त्रीले पनि पदको शपथ लिएका छन् । मन्त्रीहरुलाई कुनै मन्त्रालय तोकिएको छ ।

मन्त्रीको शपथ लिनेमा नेकपा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले मन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर