ट्रयाक खुलेको ३३ वर्षमा पनि पूरा भएन भानुमार्ग

आदिकवि भानुभक्त आचार्यको नाममा नामकरण गरिएको भानुमार्ग ट्रयाक खुलेको झण्डै ३३ वर्ष बित्दा पनि पूरा भएको छैन।

विसं २०४९ मा कृषि उपज बजारसम्म पुर्‍याउने उद्देश्यले उक्त ट्रयाक खोलिएको भए पनि भानु नगरपालिका–१३ मा पर्ने चन्द्रावती बजारबाट ठूलो ढुङ्गासम्मको करिब १० किलोमिटर खण्ड स्तरोन्नति नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको छ।

स्थानीय कुवेर खनालले सडक सुधारका लागि पटकपटक स्थानीय तह, प्रदेश तथा सङ्घ सरकारसमक्ष धाउँदा पनि त्यो असफल भएको दुखेसो गरे।

सडक स्तरोन्नतिका लागि बजेट थोरै विनियोजन हुने र ठेकेदारले समयमा काम नगरिदँदा समस्या भएको भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले बताए।

आठ वर्षअघि रु २३ करोड दुई लाख ८० हजार छ सयमा सडक स्तरोन्नतिका लागि ठेक्का लागेको तर काम पूरा नभएकामा उनी खिन्न छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *