लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यले आज शपथ लिँदै

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । आज बिहान साढे ८ बजे प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई शपथ गराउने कार्यक्रम रहेको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम एमाले प्रदेशसभा संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

एमालेले समर्थन फिर्ता लिएपछि नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले आइतबार राजीनामा दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर