लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीको संसदीय दल नेता परिवर्तन

नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरेको छ।

संसदीय दलको नेताबाट धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको जानकारी संसद सचिवालयमा गराइएको छ।

बहुमत सांसदको सोमबार बसेको बैठकले राजकुमार चौधरीलाई दल नेता बनाउने निर्णय गरिएको जानकारी गराइएको छ। चौधरी यसअघि प्रमुख सचेतक थिए।

प्रमुख सचेतकमा नरमाया ढकाललाई चयन गरिएको छ। ढकाल सचेक थिइन्। अहिले सो पार्टीको सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको छ। लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका चार जना सांसद छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर