खेल मैदान निर्माणमा एक लाख घुस लिने इञ्जिनियरविरूद्ध मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इञ्जिनियर मोहम्मद अख्तर हुसैनविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

खेलकुद मैदान निर्माणमा सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो ।

आयोगको टोलीले इञ्जिनियर हुसैनलाई एक लाख रूपैयाँ घुससहित पक्राउ गरेको हो । आयोगले आरोपी हुसैनविरूद्ध बिगोबमोजिम जरिवानासहित कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर