संविधान संशोधन गर्दा ‘नो भोट’ को पनि व्यवस्था गर्नुपर्छ : सुदन किराती

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सत्तारूढ कांग्रेस-एमालेले दुई दलीय प्रणालीको अवधारणा अघि बढाएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले धेरै दलमध्येबाट एउटा दलले जित्ने कुरा मुख्य कुरा हुने भन्दै दुई दलीय प्रणालीको अवधारणा सही नभएको बताए ।

सांसद किरातीले संविधान संशोधन गर्दा अग्रममनका एजेण्डालाई अघि बढाउन पनि सत्तारूढ गठबन्धनलाई सचेत गराए । उनले संविधान संशोधन गर्दा ‘नो भोट’ को पनि व्यवस्था गर्नुपर्ने बताए ।

‘दुई दलीय प्रणालीको पनि कुरा यहाँ उठेको छ । के लोकतन्त्रमा दुई दलमध्ये एउटा दल छान्नु लोकतन्त्र हो ? कि धेरै दलमध्ये एउटा दल छान्नु लोकतन्त्र हो ?,’ किरातीले भने, ‘खेलकुदमा एक जनाले जित्छ जसले मेहनत गर्छ । अरूलाई रेखाभन्दा बाहिर निकालेर होइन सभामुख महोदय । त्यसकारण लोकतन्त्रमा जनतालाई बलियो बनाउनका निम्ति संविधान संशोधन गर्दाखेरि धेरै अग्रममनका एजेण्डाहरू हालेर त्यसमा नो भोटको सिस्टम पनि गर्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु ।’

सांसद किरातीले जनतालाई बलियो बनाउने गरी संविधान संशोधन हुनुपर्ने बताए ।

हेर्नुस् भिडियाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर