पूर्वराज्यमन्त्रीको हत्याको सूक्ष्म अध्ययन भइरहेको छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले पूर्वभूमिसुधार सहायकमन्त्री रामचन्द्र रायको हत्यालाई प्रहरीले सूक्ष्म अध्ययन थालेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका ८० वर्षीय रायको हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन् ।

‘उहाँको घरमा काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । परिचय खुल्न बाँकी तीन जनाको खोजी भइरहेको छ,’ गृहमन्त्री लेखकले भने, ‘सीआईबीबाट सिनियर प्रहरी अफिसर तथा प्राविधिक जनशक्तिसहितको टोली घटनास्थलमा खटिएको छ । यस घटनाबारे सूक्ष्म अध्ययन भइरहेको छ ।’

पूर्वभूमिसुधार सहायकमन्त्री रायको आइतबार राति उनकै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर