यस्तो छ महिला एशिया कपमा नेपाल-भारत खेल्ने पिच

जित्नैपर्ने दबाबमा नेपाल तर प्रतियोगिताकै सफल टोली हो भारत

श्रीलंकामा भइरहेको महिला एशिया कप-२०२४ मा भारतीय महिला टोलीको प्रदर्शन अहिलेसम्म अत्यन्त राम्रो छ । अब एशिया कपको दशौं खेलमा नेपालले भारतको सामना गर्नेछ । भारतीय महिला टोलीले एशिया कपमा अहिलेसम्म खेलेका दुवै खेल जितेको छ र तेस्रो खेल जितेर प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ । भारत यस प्रतियोगिताको सबैभन्दा सफल टोली बनेको छ ।

जित्नैपर्ने दबाबमा नेपाल तर हुनेछैन सहज 
अर्कातर्फ, नेपाल पाकिस्तानसँग पराजित भएपछि यो खेलमा प्रवेश गर्दैछ । नेपालकाे याे समूह चरणकाे  अन्तिम खेल हाे र भारतसँगकाे खेल  जित्नैपर्ने दबाबमा छ । याे खेल नजिते नेपालकाे विश्वकप यात्रा यहीँ राेकिनेछ । यद्यपि, नेपालले एशिया कपको आफ्नो पहिलो खेलमा यूएईविरूद्ध जित हासिल गरेको थियो र अंक तालिकाको शीर्ष स्थानमा रहेको भारतविरूद्ध पनि त्यस्तै गर्ने प्रयास गर्नेछ, जुन सजिलो काम भने हुनेछैन । दुई टोलीबीचको यो खेल रंगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरू हुनेछ ।

नेपाल र भारत खेलको पिच रिपोर्ट
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालाको पिच निकै सन्तुलित छ । पछिल्लो तीन खेलमा पहिलो इनिङ्सको औसत स्कोर १५० रनभन्दा बढी रहेको छ । टस जित्ने टोलीले पहिले बलिङ गर्ने अपेक्षा गरिन्छ, किनभने यस स्थानमा लक्ष्य पछ्याउने टोलीको सफलता दर बढी छ । डम्बुलाको मौसम हेर्दा एक्युवेदरका अनुसार खेलको समयमा डम्बुलाको तापक्रम २८ डिग्री सेल्सियसको हाराहारीमा रहनेछ र बादल लाग्ने भए पनि वर्षा वा हावाहुरीको सम्भावना भने छैन । मौसमका कारण यो खेलमा कुनै प्रकारको अवरोध आउन सक्ने अवस्था छैन ।

दुवै टिमका सम्भावित प्लेइङ ११

भारतीय महिला टोलीका सम्भावित प्लेइङ ११ : स्मृति मन्धाना, शैफाली वर्मा, जेमिमा रोड्रिग्ज, हरमनप्रीत कौर (कप्तान), ऋचा घोष (विकेटकिपर), दीप्ती शर्मा, पूजा वस्त्रकार, तनुजा कंवर, रेनुका सिंह ठाकुर, आशा शोभना, अरून्धती रेड्डी ।

नेपाली महिला टोलीका सम्भावित प्लेइङ ११ : रूविना क्षेत्री, सीता रानामगर, विन्दु रावल, इन्दु बर्मा (कप्तान), काजल श्रेष्ठ (विकेटकिपर), कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, कृतिका मरासिनी, सबनम राई ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर